Connect with us
Kapilvast Forest

ठगी आरोपमा हुलाकका हाकिम कुर्मी पक्राउ

२०८०, १४ जेष्ठ आईतवारमा प्रकाशित

जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैङ्क कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका –४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको उनीहरूको आरोप छ ।

कुर्मीले उनीहरूसहित १३ जना बचतकर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका –२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu