Connect with us
Kapilvast Forest

चक्रवातको कारण नेपालमा वर्षा र हिमापात हुने

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको कारण नेपालमा केही दिन वर्षासँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा मौसम सक्रिय बनेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

पश्चिमी वायुका कारण मध्य पहाडि भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ । बिहीबार देशका विभिन्न भू–भागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महााखाका अनुसार बिहीबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुनेछ । देशको पश्चिमी वायुको कारण पश्चिमी क्षेत्र र उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।

आगामी चौबिस घण्टा पश्चिमी मौसमी वायु सक्रिय हुने मौसमविद् अर्यालले जानकारी दिनुभयो । हिउँदको सुरुवातसँगै उच्च हिमाली भेगमा हिमपात शुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले जनाएको छ ।

सामान्य हिमपातले पनि ठूलो असर पु¥याउने भएकाले हिमाली यात्रामा रहेकाले ख्याल गर्न सुझाव दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu