Connect with us
Kapilvast Forest

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२०८०, ३० जेष्ठ मंगलवारमा प्रकाशित

नेपालमा मनसुन सुरु भएसँगै धानबाली लगाउने चटारो सुरु हुन्छ । मानो रोपेर मुरी फलाउने सिजनको रूपमा रहेको धानखेतीका लागि कृषकहरू अधिकांश आकासे पानीकै भरमा छन् । अन्नभण्डारका रूपमा परिचित तराई क्षेत्रका कृषकहरू धानबाली लगाउनका लागि मनसुन कुरेर बसेका छन् ।

उच्च हिमाली जिल्ला हुम्ला, जुम्लालगायत केही जिल्लामा रोपाई सम्पन्न भए पनि बाँकी क्षेत्रमा भने रोपाई हुन सकेको छैन । पहाडी भेगका मानिस पनि पानी पर्ला र धान रोपौँला भनेर कुरिरहेका छन् । सधैँ रासायनिक मलको अभाव झेलिरहेका किसानलाई यसपटक पनि धान लगाउने समयमा रासायनिक मलको अभाव हुने चिन्ताले सताउँछ ।

यता कृषि मन्त्रालयले धानबालीका लागि मलको अभाव नहुने जनाएको छ । हाल मन्त्रालयसँग ७३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र मल केही मल खरिदको प्रक्रियामा रहेकाले यसपटकको धानखेतीमा किसानले मलको अभाव झेल्नु नपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभयो ।