शिवराजको सडकमा मिस्कटको ठाउँमा बालुवै बालुवा
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ५ मा विकासको नया मोडल देखा परेको छ । सडक मर्मत उपभोक्ता समितिले मिस्कटको ठाउँमा बालुवै बालुवा खसालेको छ । ५ नं वडाको खैरी अन्नपूर्ण होटलको आगाडी नौडिहवा जाने दुई सडक र लक्जरी होटल पछाडीको सडकमा विकासको नयाँ मोडल देखिएको छ ।
उपभोक्ता समितिले वडाको सडक मर्मत कोषको ५ लाख ५० हजारको मिस्कटको ठाउँमा बालुवै बालुवा छरेको छ । शिवराज ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले उक्त योजना अनुगमन गरि तत्काल एक्सन लिने बताउनु भएको छ ।
वडाअध्यक्ष बेल्बासेले वडाको मर्मत कोषको बजेटले मिस्कटको ठाउँमा बालुवा राखिनु गलत भएको बताउनु भयो । वडा नं ५ का प्राविधिक सरोज भुसालले योजना अनुगमन गर्न बाकि रहेको बताउनु भयो ।