Connect with us
Kapilvast Forest

प्रभु बैंकको एक अर्बको ऋणपत्रको बिक्री सुरु, ब्याजदर १०.२५ प्रतिशत

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

प्रभु बैंकले कात्तिक २१ गते विहीबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा लागि तथा ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले जारी गर्ने १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा छिटोमा कात्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेको खण्डमा ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ ।

ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

ऋणपत्र निष्कसनबाट प्राप्त हुने रकममध्ये ८० प्रतिशत कर्जा लागनी र २० प्रतिशत तरलता तथा व्यवसाय विस्तारका लागि उपयोग गरिने बैंकले बताएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu