एकीकृत समाजवादीका सांसदहरुको अडान : यथास्थितिमा बजेट पास हुन्न
राजेन्द्र पाण्डे
७ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले अहिले जस्तो छ, त्यस्तै अवस्थामा बजेट पास हुन नसक्ने बताए ।
संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘यो बजेटमा भएको असन्तुलनबारे कुरा उठाउनु भएको छ र यथास्थितिमा पास हुन्न भन्नु भएको छ ।’ यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीका साथै सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गर्न अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।