Connect with us
Kapilvast Forest

इन्धनको मूल्य घट्यो

२०८०, ३१ असार आईतवारमा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो।

थानीका अनुसार पेट्रोल छ रुपियाँले घटेर क बर्गमा १६१.५०, ख वर्गमा १६३ र ग वर्गमा १६४ रुपियाँमा झरेको छ।

त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपियाँ घटेको छ।एलपी ग्याँसमा १० रुपियाँ घटेको छ।अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ।

डिजेलको नयाँ मूल्यअनुसार क वर्गमा १४३.५, ख वर्गमा १४५ र ग वर्गमा १४६ रुपियाँ पुगेको छ।घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu