Connect with us
Kapilvast Forest

११ महिनापछि कांग्रेस बैठक बस्दै, यी हुन् बैठकमा हुने १० एजेन्डा

२०८०, २ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । ११ महिनापछि आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नदैछ ।

यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।

पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ ।

यी हुन् बैठकमा छलफल हुने १० एजेन्डा

समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेस, संसदीय दल समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षा

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu