रास्वपालाई लालच्छना लगाउने काम बन्द गरियोस
चन्द्रा ऐर (चाँदनी)
रा.स्व. पा ले सधैं देशका लागि र जनताका हितका बिषयमा स्वाभाविक कुराहरू मात्रै अहिलेसम्म उठाउदै आएको छ । हो हाम्रो पार्टी भरकर भरकर उदाएको पक्कै हो हामी नंया अबश्य नै छौ संसदिय अभ्यास सिक्ने र सिकाउने क्रममा अबश्य छौ तर हरेक कुराहरू सत्य तथ्य मात्रै बोल्दै आएका छौ । रा.स्व.पा ले संसद घेराउ गर्यो यस्तो गर्यो उस्तो गर्यो भनेर विभिन्न मिडिया र विभिन्न पार्टीगतका हरुले फेक कुराहरू फैलाईरहेको छ । विभिन्न गाली गलोचहरु दिइरहेका छ्न ।
के साच्चिकै बुझेरै यो सब गर्दै हुनुहुन्छ त ? तर केहि नेपालमा ऐनलाई संशोधन गर्न बनेको विधेयक , 80 को दफा 64 ले के भन्दैछ सबैले राम्ररी गहिरिएर यसलाई पढ्नुस त । यस्ता गम्भीर बिषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जबर्जस्ती मोड्न खोजेको कुरा कैयौंले बुझ्नै भ्याउनु भएको छैन । कैयौंले जानेर पनि बुझ पचाउनु भएको छ ।
हाम्रा संसदज्युहरुले के बोले के बोलेनन त्यो सबै स्पष्ट र सुरक्षित छ्न । त्यसमा बहस अझै गर्नेछ्न र गर्नुपनी पर्छ । तर यो संशोधनलाई ध्यान दिएर सबैले हेर्नुस त । राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको कानुन अद्दा अदालतमा विचारधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनुपर्छ कि पर्दैन ?
यो विधेयक विरुद्ध हाम्रा संसदज्युहरु सदनमा उभिएकै दिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटरब्याज सम्बन्धि विधेयक रोकियो । जुन सोही दिनको कार्यसुचिमा थियो । विधेयक माथी छलफल त बाकी नै छ थाहा छ तर हामी यो दफा हटाएर मात्रै टेबुल होस भन्ने चाहन्थ्यौ ।
विभिन्न समाचारहरु त बने रा.स्व.पा झुक्कियो, या झुक्कियौ होला तर भन्नुस त नेपालको ऐन संशोधन गर्न बनेको विधेयक 2080 मा दफा 64 घुसाएर क कसले के कतिका लागि झुक्याउने खेल षड्यन्त्र हुँदैछ ? खै यथेष्ट समाचार ? खै बहस ? खै बिज्ञप्ती ? खै अन्तरवार्ता ? यी तमाम प्रश्नको उत्तर पाए पछि मात्रै रा.स्व.पा लाई गाली गलोच गर्नुस ।
हैन भने जथाभावी बोल्नु भन्दा एक चोटि बिचार पुर्याउनुहोला । कुरै नबुझी अध्ययन नै नगरी रा.स्व.पा लाई अनेक लालच्छना लगाउने काम नगरियोस । त्यसै आरोपहरु लगाउनु भन्दा र गालिगलोच गर्नुभन्दा हरेक कुराहरू नियाल्नुपर्छ र नियाल्नुहोला नियालेर हेर्नुहोला अनुरोध छ ।
