Connect with us
Kapilvast Forest

मर्मत भएको २५ दिनमै भासियो सुरही नदीको तटबन्ध

२०८०, २३ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तुको सुरही नदीको पुल नजिकै बांधिएको तटबन्ध बाढीका कारण भासिएको छ ।

सनिउल्ला धोबी-
कपिलवस्तुको सुरही नदीको पुल नजिकै बांधिएको तटबन्ध बाढीका कारण भासिएको छ । शिवराज नगरपालिकाले २५ दिन अघि मर्मत गरेको तटबन्ध पुन भासिएको छ । लगातार तिन सम्म नदीमा पानीको सतह बढेपछी तटबन्ध भासिदै गएको छ ।

तटबन्ध भासिएपछि सुरही पुल जोखीममा परेको छ । ठुलो बाढी आए पुललाई झन असर हुदै गएकोे स्थानिय सिमरन विश्वकर्माले बताउनुभयो ।

मर्मत गरिएको २५ दिनमै तटबन्ध भासिएपछी हल्लानगर स्थित रहेको सुरही पुल जोखिममा परेको छ । नगरले झारो टार्ने काम मात्र गरेकाले तटबन्ध भासिएको स्थानिय रेगम घर्ति मगरले बताउनुभयो ।

कामदारले राम्रोसंग बनाएको भए केही दिन टिकाउ हुन्थ्यो तर नगरपालिकाले राम्रोसग काम नगरेको घर्तिले आरोप लगाउनुभयो । नगरले विपाद व्यवस्थापन कोष मार्फत उक्त तटबन्ध मर्मत गरेको थियो ।

पुल नजिकैको तटबन्ध भासिए पछी शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आफनै निगरानीमा तटबन्ध मर्मत गर्नूभएको थियो ।

नगरको रु ९ लाख लागतमा उक्त तटबन्ध बाधिएको इन्जिनियर रामजी नेपालीले जानकारी दिनुभयो ।
रकम आभावका कारण थोरै मात्र तारजाली बाधिएको र आगामी दिनमा त्यसलाई दिगो व्यवस्थापन गरिनु पर्ने इन्जिनियर नेपालीले बताउनुभयो ।

शिवराज नगरपालिकाले एक महिना अघी बांधेको तटबन्ध भासिएपछि पुल जोखीममा परेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu