Connect with us
Kapilvast Forest

राजस्व वृद्धि गरेको भन्दै व्यापार संघ कपिलवस्तुले बुझायो ज्ञापन पत्र

२०८०, २४ श्रावण बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
शिवराज नगरपालिकाले आर्थिक भार थुपारेका भन्दै व्यापार संघ कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ ।
शिवराज नगरपालिकाले चालू आर्थिक २०८०÷०८१ मा व्यावसायिक कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगायतका राजस्व दस्तुर वृद्धि गरेकोले व्यापार संघका अध्यक्ष महादेव पोखरेलले नगर प्रमुख अजय थापालाई ज्ञापन पत्र  बुझाउनु भएको हो ।
नगरले आर्थिक भार थोपरिएकोले राजस्व जस्तो गम्भीर विषयमा स्थानीय संघ संस्था, उद्योग व्यवसायी, व्यापारीहरु संग अन्तरक्रिया गरी राजश्वमा सुधार गर्नका लागि ज्ञापन पत्र बुझाइएको व्यापार संघका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले करको विषयमा यहाका व्यापारी उद्योगीहरुसगँ व्यापक छलफल गरी अघी बढने आसवासन दिनुभयो । करले नगरको विकासमा प्रत्यक्ष सरोकार राख्नेभएकाले यस विषयमा सबैलाई समेटेर जाने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu