कपिलवस्तुको खानेपानी समस्या समाधान गर्छु: मन्त्री यादव
कपिलवस्तु-
नेपाल सरकारका संघीय खानेपानी मन्त्री महिन्द्रा राय यादवले कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने बताउनु भएको छ । कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारको लागि ४ करोड ५० लाख रकम विनियोजीत गरेको मन्त्री यादवले बताउनु भयो ।
मन्त्री यादवले कृष्णनगर खानेपानी संस्थानको अनुगमन खानेपानी समस्या समाधान गर्ने काम केन्द्रिय सरकारको रहेको भन्दै सो रकम मन्त्रालयबाटै स्वीकृत भएको बताउनुभयो ।
मन्त्री यादवले जिल्लाको बहादुरगंज खानेपानी संस्थानको अनुगमन गर्दै लागि रु १ करोड ४० लाख रकम स्वीकृत गरेको बताउनुभयो । आगामी दिनमा कपिलवस्तुको विभिन्न क्षेत्रमा ओभर हेड ट्यांकी निर्माणका लागि योजना अघी बढाउने मन्त्री यादवले आश्वासन दिनुभयो ।
जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमन गर्दे मन्त्री यादवले केही बर्ष पहिले कपिलवस्तुमा हैजा जस्तो रोग फैलिएकोले शुद्धखाने पानी तर्फ नागरिक सजग हुनु पर्ने बताउनुभयो ।
अनुगमन कार्यमा कपिलवस्तु क्षेत्र नं ३ का पुर्व सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, नेसपाका केन्द्रिय सदस्य तथा युवा नेता रहिस शाह, जिल्ला अध्यक्ष राम निवास पुरी लगायतको समेत सहभागिता रहेको थियो ।
पुर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुमा खानेपानी समस्या धेरै भएकाले केन्द्रिय स्तरियबाट समाधान हुने धेरै राम्रो कार्य भएको बताउनुभयो ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको अवस्थाको निरीक्षण मन्त्रीले पाइप लाइन परिवर्तनको लागि रकम छुट्याएको धन्याबाद समेत दिनुभयो ।