राप्रपाबाट मिश्राले उम्मेदवारी दिने
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २४,
राष्ट्रिय प्रजातन्त्र पाटी शिवराज नगर समितिले अगामी मंसीर १४ ंगते वडा नं १० लालपुरमा हुने उप निर्वाचनको लागि उम्मेदवारको टुगंो लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी शिवराज नगर समितिको आज बसेको बैठकले बलीभद्र मीश्राको नाम उम्मेदवार रुपमा टुगंो लगाएको हो । नगर अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार चयन गरेको हो । वडा अध्यक्ष सकुन्तलाको मृत्यु भएको कारण वडा न १० मा उपनिर्वाचन हुन लागेको हो ।
केन्द्रिय सदस्य धुब्र रायमाझी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतको सहभागीता रहेको थियो । बैठकले जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्लाको संयोजकमा आर्थिक समिति गठन गरिएको दमोदर मिश्राले जानकारी दिनु भयो ।बलीभद्र मिश्रा गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारभई एक सय तेह्रा मत ल्याएका थिए ।
गत निर्वाचनमा यस्तो थियो नतिजा
२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा शिवराज नगरपालिका वडा १० मा वडा अध्यक्षको लागी ११ जनाको उम्मेदवारी रहेको थियो । ११ जना मध्य ५ जना उम्मेदवार स्वतन्त्र रहको थिए ।
उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार शकुन्तला भारती ३ सय १९ मत प्राप्त गरी निर्वाचित भएकी थिइन भने दोस्रो स्थानमा नेपाली काग्रेसका तिर्थ वहादुर रायमाझी २ सय ३० मत प्राप्त गरेका थिए जुन अहिले समाजवादी पार्टीका उम्मेदवार हुने भएका छन । त्यस्तै तेस्रो नम्वरमा भने स्वतन्त्र उम्मेदवार विपत चमारले १ सय ८१ मत ल्याएका थिए ।
चौथो नम्वरमा नेकपा माओवादी केन्द्र तथा अहिलेका नेकपाका उम्मेदवार अदालत मनियारले १ सय ५२ मत ल्याएका थिए । पाचौ स्थानमा साविक एमालेका उम्मेदवार रामदेव कुर्मीले १ सय २३ मत ल्याएका थिए ।