Connect with us
Kapilvast Forest

‘सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल’

२०७६, २५ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गर्नुभयो ।

‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्दछ,’ अध्यक्ष दाहालले भन्नुभयो,‘यस विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’ अध्यक्ष दाहालले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने पनि पटकपटक दोहोर्याउनु भयो ।

लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सीमा समस्या समाधानका लागि आफू प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको दाहालको भनाइ थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu