Connect with us
Kapilvast Forest

काग्रेसको आन्तरिक विशेष अभियान चन्द्रौटामा सम्पन्न

२०८०, ३० श्रावण मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) को आन्तरिक विशेष अभियान २०८० जिल्लाको चन्द्रौटामा सम्पन्न भएको ।
नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) का सभापती गोविन्द केसीको सभापतीत्व र आन्तरिक विशेष अभियानका प्रतिनिधी तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य दिर्घ कुमार केसीको प्रम्ुख अतिथ्यिता, प्रदेश प्रतिनिधी राम बहादुर काकीको विशिष्ट अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।
आन्तरिक विशेष अभियान कार्यक्रममा बोल्ने अधिंकास वक्ताहरुले पार्टीको विधान अनुसार काग्रेस चल्न नसकेको बताएका थिए । पार्टी भित्र रहेका गुट उपगुट अन्तय गरी सबै एकजुट हुनु पर्ने वक्ताहरुको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पुर्व सभासद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, कांग्रेस नेता भवन राज पौडेल, हरि पोखरेल, विनोद नेपाल, जमशेर अलि मिया, शिवराज नगर सभापती मधु पोखरेल, नगर सचिव विष्णु पोखरेल, गंगाधर भटराई, राम बहादुर चौधरी, कृष्ण आचार्य, शंकर मल्ल, शिव शंकर चौहान, मधु कोइराला, तरुण दल जिल्ला नेता अमर पौडेल, युवा नेता राकेश रायमाझी लगायतको सहभागिता रहेको थियो ।
आन्तरिक विशेष अभियान कार्यक्रमको सन्चालन कांगेस नेता नारायण प्रसाद पौडेलले गर्नुभएको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu