Connect with us
Kapilvast Forest

गृहमन्त्री थापा र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

२०७६, २५ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका चीनका आपतकालिन व्यवस्थापन मन्त्रालयका उपमन्त्री झेङ ग्वोग्ङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले गत महिना चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी दुई देशबीच सम्झौता भएको स्मरण गर्दैे सम्झौता कार्यान्वयनको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो ।

प्राकृतिक विपद्का घटना दुवै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

भेटवार्तामा उपमन्त्री ग्वोग्ङले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाईने जानकारी दिनुभयो ।

उहाँले केही समयपछि विपद् व्यवस्थापन सम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्ता पनि दिनुभएकाे थियाे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu