Connect with us
Kapilvast Forest

विजयनगरका वडाअध्यक्ष कँडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८०, १ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कँडेलले शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई ६ लाख दश हजार भष्ट्रचार गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरिएको हो ।

कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिई सार्वजनिक सम्पत्ति ६ लाख दश हजार हिनामिना गरेको अख्यियारले ठहर गरेको छ ।

यस्तै तत्कालीन गाविस सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदले ताल निमार्णमा भष्ट्रचार गरेको अख्तियारको ठहर छ ।

सचिव चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर वमोजिम दुई लाख सत्तरी हजार र ठेकेदार सेराज महम्मदले २ लाख ७० हजार भष्ट्रचार गरेको मुद्दा दायर गरिएको छ ।

तीनै जनाले ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी र नेपाल सरकारलाई गैरकानूनी हानि पु¥याउने बदनियतपूर्वक कार्य गरेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

प्रेस विज्ञप्ति:- मिति २०८०।०५।०१ गते।
——————————————

जिल्ला कपिलवस्तु, साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं. ८ हाल बिजयनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिईखाई सार्वजनिक सम्पत्ति रु.६,१०,०००।- (छ लाख दश हजार) हिनामिना गरेको देखिन आएकोले निज विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ.दफा १७ ले निर्देश गरे वमोजिम निजलाई उल्लिखित कसुरमा विगो रु.६,१०,०००।- (छ लाख दश हजार) कायम गरी सोही ऐनको दफा  ३(१)(ङ) वमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ३(१) बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

साविक पत्थरदेइया गाउँ विकास समितिको कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गा.वि.स. सचिव कृष्ण कुमार चौधरी  र ठेकेदार सेराज महम्मद विच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि रु.२,७०,०००।- रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेको पाईदा सो ठेक्का सम्झौतामा सहीछाप गर्ने साविक पत्थरदेइया गाउँ विकास समितिका सचिव कृष्ण कुमार चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ. दफा १७ ले निर्देश गरे वमोजिम निजलाई उल्लिखित कसुरमा विगो रु.२,७०,०००।-(दुई लाख सत्तरी हजार) कायम गरी ऐ.ऐनको ३(१)(घ) वमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ३(१) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन। साथै, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि उक्त शंकरपुर तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम रु.२,७०,०००।- दाखिला नगरी ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी र नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतपूर्वक कार्य गरेको देखिएको हुँदा निज ठेकेदार सेराज महम्मदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा(४) बमोजिमको कसुरमा बिगो रु.२,७०,०००।- (दुई लाख सत्तरी हजार) लाई कायम गरी निजलाई ऐ.ऐनको दफा ८ (४) बमोजिम नै कसुरको मात्राअनुसार कैद वा बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफतको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu