Connect with us
Kapilvast Forest

समाजवादी मोर्चाले सातवटै प्रदेशमा घोषणा सभा गर्ने, कुनमा कहिले ?

२०८०, ४ भाद्र सोमबारमा प्रकाशित

चार दलीय समाजवादी मोर्चाले आगामी ८ भदौबाट प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले ८ देखि २५ भदौसम्म मोर्चाको घोषणासभा गर्ने जानकारी नेता प्रमेश हमालले दिए ।

मोर्चालाई थप बलियो र एकतावद्ध बनाउने प्रयासस्वरूप घोषणासभा गर्न लागिएको जानकारी बताए ।

मोर्चाले पहिलो घोषणा कार्यक्रम भदौ ८ गते वीरगंजमा हुने छ । यस्तै १२ गते बुटवलमा, १३ गते धनगढीमा, १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने निर्णय गरेको हो ।

मोर्चाले देशमा अघि बढाइएको भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाएर लैजाने भन्दै समर्थन गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

अहिले मोर्चाको संयोजकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल छन् । उनी ४ महिना संयोजक भएपछि मोर्चाको अर्को दलका नेता संयोजक बन्नेछन् ।
समाजवादी मोर्चा ४ असारमा गठन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu