अवैध क्रेन भन्सार चलान
जानु पाण्डे कपिलवस्तु कार्तिक २६,
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले क्रेन पक्राउ गरी भन्सार चलान गरेको छ । चेक जाचका क्रममा बुद्धभुमी ९ चौवन्नवाट उक्त सवारी साधन पक्राउ गरेको हो । लु १ क २००३ नम्वर लगाएको जि एस कन्सट्रक्सन भैरहवाको सवारी साधन पक्राउ गरेको हो ।
उक्त नम्वरको सवारी साधन दर्ता नभएको पाईएको थियो । उक्त क्रेनमा जि एस कन्सट्रक्सनको नाम समेत लेखिएको छ । सो कम्पनी रुपन्देही जिल्ला भैरहवामा स्थित कम्पनी हो । क्रेनको मुल्य १८ लाख अनुमानित गरीएको छ ।
कार्तिक २० गते कार्यालयले पक्राउ गरे पछी यातायात व्यवस्था कार्यालय वुटवलमा पत्राचार गर्दा उक्त नम्वरको क्रेन दर्ता नभएको फेला परेको थियो । कार्यालयले ७ थान मोटरसाईकल समेत पक्राउ गरेको थियो । मोटरसाईकलको विषयमा यातायात व्यवस्था कार्यालयमा सोधपुछ गरीएको र सो को वारेमा जवाफ नआएको ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वारले वताउनु भयो ।
ट्राफिकले यस वर्ष सवारी चालकको स्वास्थय परिक्षण , दृष्टी परिक्षण, सवारी दुर्घटना न्युनिकरणका लागी सचेतना मुलक कार्यक्रम, स्कुले विद्यार्थीलाई प्रशिक्षण लगायतका कार्यक्रम समेत गर्दै आएको वताईएको छ ।