Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजमा अनुगमन भत्ता साढे आठ लाख झ्वाम, कसले कति बुझे (नामसहित)

२०८०, ७ भाद्र बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले ८ लाख ५० हजार रकम अनुगमन भत्ता बझेका छन । शिवराज नगरपालिकाले गत आर्थिक बर्ष २०७९।०८० मा मात्र अनुगमन भत्ता रु ८ लाख ५० हजार बुझेको पाइएको छ ।
कपिलवस्तु मिडियाद्धारा सन्चालित न्युज सेन्टर नेपालका सम्पादक सनिउल्ला धोबीले गत साउन १ गते सुचनाको हक प्रयोग गरी सुचना माग गर्नुभएको थियो । नगरपालिकाले उक्त सुचना ३८ दिन पछी मात्र उपलब्ध गराएको थियो ।
शिवराज नगरपालिकाले दिएको सुचनामा ३६ जना कर्मचारी र प्रतिनिधीले रु ८ लाख ५० हजार भत्ता बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सुचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिव कुमारी चौधरीले रु ६३ हजार ७ सय ५० बुझेको पाइएको हो ।
नगरप्रमुख अजय थापाले ५१ हजार, हिजो मात्र सरुवा गरेर मन्त्रालय गएका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले ५१ हजार, इन्जिनियर रामजी थापा नेपाली ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी ५१ हजार खरिदार प्रेम वलीले समेत ५१ हजार अनुगमन भत्ता बुझेको पत्रमा उल्लेख गरिएको छ ।

शिवराज नगरपालिकाको इन्जिनियर मोहन केसी रु ४१ हजार ६ सय ५०, लेखापाल रिता खनालले रु ४१ हजार ६ सय ५०, सब इन्जिनियर सरोज भुसाल २८ हजार ५०, शिव पराजुली २८ हजार ५०, असब इन्जिनियर बसन्त पन्थी रु २६ हजार ३ सय ५०, असब इन्जिनियर तारा प्रसाद भण्डारी रु २४ हजार ६ सय ५० बुझेका छन ।
त्यस्तै असब इन्जिनियर अजय कुर्मी रु २४ हजार ६ सय ५०, गुरु प्रसाद चौधरी रु २२ हजार ९ सय ५० र अमिन रोशन नेपाली २१ हजार २ सय ५० रुपैया बुझनुभएको छ ।
वडाध्यक्षहरु खिम बिक्रम के.सी, राम बहादुर चौधरी, टेकलाल सापकोटा, नेत्र प्रसाद बेल्वासे र राम गोपाल चौधरीले १५ हजार ३ सयको दरले अनुगमन भत्ता बुझनु भएको छ । वडा अध्यक्ष नसीम अहमद खाँ र माहेताब आलम खाँ १२ हजार ७ सय ५० को दरले भत्ता बुझनु भएको हो ।

वडा अध्यक्ष रिजवान अहमद खाँ १४ हजार ४ सय ५०, अनुप कुमारी चौधरी र मन्जु मिश्र ८ हजार ५ सयको दरले भत्ता बुझ्नु भएको छ । वडा अध्यक्ष रमेश्वर प्रसाद बर्माले रु २१ हजार २ सय ५० अनुगमन भत्ता बुझनु भएको हो । शिवराज नगरपालिका सुचना अधिकारी डिल्ली राज भट्टराई ३८ हजार २ सय ५० अधिकृत लक्ष्मी कंडेलले ८ हजार ५ सय मात्र अनुगमन भत्ता बुझ्नु भएको हो ।

शिवराज नगरपालिकाले  उपलब्ध गराएको सुचना

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu