सुरक्षा चुस्तदुरुस्त राख्न महानिरीक्षक आर्यालको निर्देशन
सनिउल्ला धोबी- सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले सिमानाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिनुभएको छ । महानिरीक्षक राजु आर्यालल सिमानाकामा हुने अपराधिक गतिविधिलाई निर्मुल बनाई शान्ति सुरक्षा कायम गर्नु सशस्त्र प्रहरीलाई अनुरोध गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तको छैठौँ स्थापना दिवसलाई सम्बोधन गर्दै महानिरीक्षक आर्यालले सिमानाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिनुभयो ।
प्रदेशभर खटिनुभएका सबै सशस्त्र प्रहरीलाई सिमा सुरक्षा र विपद व्यवस्थानमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक आर्यालले निर्देशन दिनुभयो ।
महानिरीक्षक आर्यालले भन्नुभयो, “विदेशी पर्यटक हाम्रो पाहुना भएकोले पर्यटकलाई कुनै पनि बहानामा दुख नदिनु ।”
समाजमा आम नागरिकको पक्षमा सशस्त्र प्रहरी हरपल हरदम उभिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कमार खत्रीले सिमानाकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि एपिएफ अहोरात्र खटिदै आएको बताउनुभयो ।
सिनामा हुने हरेक किसिमको अपराधिक गतिविधीलाई अन्त्य गरी सशस्त्र प्रहरी अघि बढेको नायव महानिरीक्षक अभि कमार खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा लगायतको सहभागिता रहेको थियो ।
