Connect with us
Kapilvast Forest

देशभर एक वर्षमा थपिए २२२ वटा सडक पुल

२०८०, ९ भाद्र शनिबारमा प्रकाशित

एक वर्षको अवधिमा देशभर २२२ वटा सडक पुलको निर्माण भएको छ । सडक विभागका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा उक्त संख्यामा पुल निर्माण भएका हुन् । यस आवमा देशभर ३ सय वटा पुलको निर्माण सक्ने लक्ष्य रहेको थियो । विभागले यस आवमा नयाँ सडकको ट्र्याक ५ सय किलोमिटर खन्ने लक्ष्य राखेको थियो ।

यस अवधिमा २४३ किलोमिटर मात्र नयाँ ट्र्याक खनिएको विभागले जनाएको छ । खण्डास्मित सडक १ हजार किलोमिटर सडक विस्तारको योजना रहेकोमा ६२८ किलोमिटर मात्र निर्माण भएको विभागले जनाएको छ ।

सडकको कालोपत्रतर्फ एक वर्षमा १३ सय किलोमिटरको लक्ष्य रहेकोमा ८२० किलोमिटर नयाँ र २४९ किलोमिटर पुनर्निर्माण यस आवमा भएको विभागको तथ्यांक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu