Connect with us
Kapilvast Forest

अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, दुई दिनदेखि अवस्था अज्ञात

२०८०, १२ भाद्र मंगलवारमा प्रकाशित

नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।

आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

‘हामीले उहाँ हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेका छौं । हिजो रातभरी पनि खोजीकार्य जारी नै राख्यौं,’ प्रजिअ पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म सम्पर्कमा हुन सकिरहेको छैन । के कति कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’

उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको प्रजिअ पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu