Connect with us
Kapilvast Forest

प्रमुख प्रहरी नायब उपरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

२०८०, १३ भाद्र बुधबारमा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले १८ लाख बिगो कायम गरी प्रहरी नायब उपरीक्षक केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले केसीले गत वर्ष बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिई १५ दिनसम्म कार्यकालका अन्य कर्मचारीलाई कुनै जानकारी नदिई आफैँले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस लिएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

केसीले नगद आठ लाख ५० हजार र नौ लाख ५० हजारको चेकसमेत गरेर १८ लाख घुस लिएर उक्त सुन अन्य व्यक्तिमार्फत फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप/पत्र दायर गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu