Connect with us
Kapilvast Forest

सांसद यादव पक्राउबारे मधेश प्रदेश सभाले जानकारी गरायो

२०८०, १९ भाद्र मंगलवारमा प्रकाशित

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् ।

‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्दर्भमा कानुन बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेस गरिएको भन्ने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को उपनियम (२) बमोजिम यो सूचना गरिएको छ,’ सूचनामा उल्लेख छ ।’

सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सोमबार दिउँसो २ : ५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

बोदेबर्साइन नगरपालिका-५ का सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा पेस गरिएको थियो । उनलाई पुनः मंगलबार पेस गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्य ज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचीमा थिए । यद्यपि उनी प्रत्यक्ष चुनाव लडेर जित्दासमेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu