कक्षा १२ को पूरक परीक्षाको समयतालिका फेरियो (सूचना)
काठमाडौं ।कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तोकिएको समयभन्दा तीन दिन पछि हुने गरि समय परिवर्तन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक सूचना जारी गरि परीक्षा तीन दिन पछि हुने गरि समयतालिका परिवर्तन गरेको हो ।
यस अगाडी असोज ६ र ७ गते सञ्चालन हुने गरि मिति तोकिएको छ । परिवर्तित समय अनुसार अब पूरक परीक्षा असोज ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।
हेर्नुहोस सूचना