Connect with us
Kapilvast Forest

पूर्वराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना

२०८०, २५ भाद्र सोमबारमा प्रकाशित

काठमाडौ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जनकारी लिनुभयो। पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन ।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ।उहाँको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ, उपकुलपति डाक्टर बस्नेतले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu