Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा सेटीङ्गमा कर्मचारी भर्ना

२०८०, १० आश्विन बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल,
कपिलवस्तुको शिवराज नगरपालिकाद्धारा सन्चालित शिवराज आधारभुत स्वास्थ्य सेवा अस्पातालमा सेटीङ्गमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पाताल व्यवस्थापन समितिको मिलेमातोमा शिवराज नगरपालिका शिवपुर बस्ने लक्ष्मण प्रसाद रिमाल (उपाध्यय) लाई कर्मचारीको रुपमा भर्ना गरिएको रहस्य खुलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्मथक रहेका रिमाललाई आधारभुत स्वास्थ्य अस्पातालमा फर्मेसिष्ट पदमा ज्यालादारी कर्मचारीको रुपमा भर्ना गरेको पाइएको छ ।

रिमालले केही दिन निशुल्क रुपमा अस्पतालमा काम गरेको थिए । अस्पाताल व्यवस्थापन समितिले रिमाललाई दैनिक रु ६ सय ५० रुपैया दिने गरी भर्ना गरेको छ ।
कर्मचारी अपुग भए नगरपालिकाबाट विज्ञापन प्रकाशित गरी कर्मचारी भर्ना गर्ने नियम रहेपनी रिमाललाई सेटीङ्ग गर्न ज्यलादारीको रुपमा फर्मेसिष्ट पदमा भर्ना गरिएको छ । रिमालले आपनो समाजिक सन्जाल फेसबुकमा समेत आधारभुत स्वास्थ्य संस्थाको फर्मेसिष्ट असिसटेन्डमा काम गर्छु भनेर समेत लेखेका छन ।

अन्य पदमा विज्ञापन खोल्ने तर रिमालको हकमा ज्यालादारीमा भर्ना गर्दा अस्पताल व्यवस्थापन समिति माथि नै प्रश्न चिन्ह उठेको छ । अस्पतालको आम्दानीबाट उनलाई तलब दिने गरी भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल व्यवस्थापन समितिबाट ज्यालादारीमा भर्ना भएका रिमाल आफु सबैभन्दा ठुलो भन्दै त्यहाँ कार्यरत कर्मचारीलाई धम्काउने गरेको समेत अस्पतालमा काम गर्न अन्य कर्मचारीले बताएका छन ।

शिवराज नगरपालिका वडा नं ५ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र बेल्वासेले केही समयको लागि मात्र कर्मचारी भर्ना गरेको बताउनुभयो । सुचना किन निकाल्नु भएन भन्ने प्रश्नमा वडा अध्यक्ष बेल्वासेले हाकिम र लेखा नहुदाँ तत्काल सिमित समयको लागि रिमाललाई भर्ना गरिएको बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu