Connect with us
Kapilvast Forest

जिप र मोटरसाइकल ठोकिँदा एक घाइते

२०८०, १३ आश्विन शनिबारमा प्रकाशित

ताप्लेजुङमा शुक्रबार दिउँसो बोलेरो जिप र मोटरसाइकल एकापसमा ठोकिँदा एकजना सख्त घाइते हुनुभएको छ । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका –७ दोखुको ऐश्वर्यचोक सडक खण्डमा जिप र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार २८ वर्षीय अनिल शेर्पा गम्भीर घाइते हुनुभएको हो ।

प्रहरीका अनुसार सडक दुर्घटनामा घाइते हुने शेर्पा जिल्लाको मेरिङ्देख गाउँपालिका –१ थिङ्लाबु निवासी रहनुभएको छ । धरानदेखि सदरमुकाम फुङ्लिङतर्फ आउँदैगरेको १ ज २५२७ नम्बरको बोलेरो जिप र विपरीत दिशादेखि जाँदै गरेको प्र–१०३–००१ प ४२९० नम्बरको मोटरसाइकल ऐश्वर्यचोक घुम्तीमा एकापसमा ठोकिएका थिए ।

गम्भीर घाइते बनेका शेर्पाको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रेफर (सिफारिस) गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu