Connect with us
Kapilvast Forest

मन्त्री बन्न दौडधुप, को-को छन दौडमा ?

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँजसो छलफल गरिरहेका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका मन्त्रीहरू फेरबदल गर्ने र त्यसमा नयाँ व्यक्ति कसलाई लैजाने भन्ने विषयमा दुई अध्यक्षबीच लेखाजोखा भइरहेको स्रोतले जनाएको छ । ‘नयाँ ढंगले अघि बढ्न टिममा केही हेरफेर गर्ने मनसाय प्रधानमन्त्रीबाट आएपछि गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्री निकट नेकपाका एक नेताले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद् हेरफेर हुनसक्छ ।’

यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चा चल्ने गर्थ्यो । अहिले भने गम्भीरतापूर्वक नै पुनर्गठनको तयारी भइरहेको ती नेताले बताए ।

सत्ता साझेदार समाजवादी पार्टीको पनि सरकारमा बस्ने/नबस्ने टुंगो गर्न संघीय परिषद् र केन्द्रीय समिति बैठक हुँदै छ । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेकाले समेत ३० गतेअघि मन्त्रिपरिषद् फेरबदल नहुने नेकपाका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन गत शुक्रबार नै भनिसकिएको छ । सचिवालय र मन्त्रीहरूमध्ये राम्रा काम गरेकालाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउने र बाँकीमा नयाँ व्यक्तिलाई ल्याउने तयारी छ ।

मन्त्रिपरिषद् र सचिवालयको टिम पुनर्गठनमा हालका केही व्यक्ति भने दोहोरिने प्रधामनन्त्रीनिकट स्रोतले बताएको छ । सचिवालयमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल नयाँ टिममा कायमै रहने संकेत ओलीका विश्वासपात्र समेत रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालबाटै रिमाल परिवर्तनको कुरा हल्ला मात्र हुने भन्दै लेखेका छन्, ‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu