Connect with us
Kapilvast Forest

एमालेको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याउन लोसपाको आग्रह

२०८०, १८ आश्विन बिहीबारमा प्रकाशित

mahantha_thakur.jpg

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेतको सहयोगमा संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर संविधान संशोधनका लाग आफूहरु निरन्तर संघर्षरत रहेको बताएका छन् ।

‘संविधानमा रहेको विभेदपूर्ण एवम् त्रुटीपूर्ण धाराहरुलाई अविलम्ब संशोधन गर्नका लागि नेपाल सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नु पर्ने टड्कारो आवश्यकता रहेको लोसपा नेपालको ठम्याइ छ,’ बैठकमा निर्णय जानकारी दिँदै ठाकुरले विज्ञप्तिमा लेखेका छन् ।

पछिल्लो दिनमा केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा समाजिक सदभाव विथोल्ने प्रयास भइरहेको भन्दै लोसपाले सचेत हुन र सदभाव कामय राख्न सम्बद्ध सबैलाई अपील पनि गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu