Connect with us
Kapilvast Forest

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ। चार दिनका लागि नेपाल भ्रमणमा रहनुभएका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताउनुभयो। राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता संग्राममा समर्थन गर्ने नेपाल ७औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गर्नुभयो।

त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदनप्रदान गर्नुपर्ने बताउँदै उहाँले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गर्नुभयो। उहाँले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई वृद्धि गर्न सकिने धारणा राख्नुभयो। एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताउनुभयो। उहाँले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले नेपाल राजनीतिक मुद्दा समाधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गर्नुभयो। ‘दुई देशबीच अहिले व्यापार घाटा रहेको छ। यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘जलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुवै देशलाई फाइदा पुग्छ ।’

अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बङ्गलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता गर्नुभयो। अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिवृद्धी गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदानप्रदान हुनुपर्ने बताउनुभयो । यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu