Connect with us
Kapilvast Forest

घर जान बस चढेकी बालिका दिल्लीको कोठीमा

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

rape

काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए ।

बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन्। एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी–६ की कृष्णमाया उनको सम्पर्कमा आइन् । बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिइन् ।

बालिका आफू बस्दै गरेको घर छाडेर कृष्णमायाको डेरामा पुगिन्। घटना ०६८ माघको हो। आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाडी चढाइन्। बसमा बान्ता रोक्ने भन्दै औषधि खुवाइन्। तर, औषधि बेहोस गराउने थियो । ब्युँझिँदा बालिका दिल्ली पुगिसकेकी थिइन्। कृष्णमायाले १० हजार भारु लिएर बालिकालाई कोठीमा सुम्पिइन्।

सुरुको एक महिना कोठामा बन्धक बनाएर उनलाई जवान बनाउने सुई र औषधि दिइयो। त्यसपछि वेश्यावृत्तिमा लगाइयो घटनाको आठ वर्षपछि बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ। बालिकालाई झुक्याएर दिल्लीमा बेचेको प्रहरीले जनाएको छ। कृष्णमाया काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेकी हुन्।

घटनामा कृष्णमायाका श्रीमान् शेरबहादुरको समेत संलग्नता देखिएको भन्दै खोजी भइरहेको ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए। भारतमा बन्धक बनाएर बालिकालाई सुई लगाउने लक्ष्मी र हेमा नामका महिलाको पनि खोजी सुरु गरेको छ। नयाँ पत्रिकामा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu