Connect with us
Kapilvast Forest

भारत-चीनको लिपुलेकमा आँखा, नाका बनाउने सम्झौता ६६ वर्ष पुरानो

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ।

सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सीमाविद् एवं अध्ययन टोलीका सदस्य पुण्यप्रसाद ओलीले नेपाल र चीनबीच दुईपक्षीय सीमा सम्झौता नहुँदै भारत र चीनले नेपाली भूभागलाई व्यापारिक नाका बनाउने सम्झौता गरेको बताए।

सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपुलेकलाई व्यापारिक नाका विस्तार गर्ने सहमति भएको थियो। सन् २००५ अप्रिल ११ मा भारत–चीनबीच नेपालको लिपुलेक भन्ज्याङलाई सीमा ‘मिलन विन्दु’ मान्ने सहमति भएको थियो।

यस्तै सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच च्याङ्ला÷लिपुलेक नाकाबाट ‘सीमा व्यापार’ अघि बढाउने सहमति भएको थियो।

सुगौली सन्धिअनुसार लिपुलेक नेपाली भूमि भए पनि भारत र चीनले अनुमतिबिना आफूखुसी सहमति गरेको सीमासम्बन्धी अध्येता रतन भण्डारी बताउँछन्। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका सीमाविद् ओलीका अनुसार २०१८ असोज १९ (सन् १९६०) मा नेपाल–चीन सीमा सम्झौता भएको थियो। सम्झौतामा नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानीढलोबाट सुरु भएको उल्लेख छ।आजको अन्नपुर्णमा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu