Connect with us
Kapilvast Forest

मुगु हत्या प्रकरण: आफन्तले अझै शव बुझेनन्

२०८०, १६ कार्तिक बिहीबारमा प्रकाशित

मुगुको छायानाथ रारा नगरपालिका वडा नं –६ मुन्दु गाउँमा आमा सहित तीन जना बालकले सामूहिक ज्यान गुमाएका आफन्तले घटनाको पाँच दिन बितिसक्दा पनि शव बुझेका छैनन् ।

मृतकका आफन्त कान्छा काका खेम बहादुर रावलले दोषीलाई जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका कारण मृतकको शव जिल्ला अस्पतालको शव गृहमा नै रहेको छ । यथा सक्दो घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गानाले ११ वर्षीय छोरा मनोज बोहरा, ८ महिनाका छोरा रहर बोहरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शवको पोस्टमार्टम आइतबार नै भइसकेको छ ।

२७ वर्षीय आमा श्रीदेवी बोहराको सोमवारको दिनमा पोस्टमार्टम भइसकेको छ तर आफन्तजनले शव नबुझ्दा ती चारै जनाको शव अहिले शव गृहमा राखिएको छ। यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शव बुझ्नलाई जिल्ला प्रशासन कार्यालय मुगुले मृतकका आफन्तसँग सहकार्य गरिरहेको छ। थापाले भन्नुभयो, अनुसन्धान कार्य अगाडी भइरहेको उहाँले बताउनुभयो ।

भौगोलिक विकटताका कारणले एक जनालाई अनुसन्धान गर्न दुई दिन देखि तीन दिनसम्म समय लाग्दा अनुसन्धानमा अलि लम्बिएको हो प्रमुख थाले भन्नुभयो। गएको १० गते शुक्रबार उहाँहरूको सामूहिक हत्या भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu