Connect with us
Kapilvast Forest

हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप

२०८०, २२ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं -नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँका अनुसार हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको छ ।

यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरुभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम म्याद थप गरिएको कार्यवाहक अध्यक्ष मियाँले जानकारी दिए ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ । हज गर्न जान चाहने इच्छुक मुस्लिम समुदायले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu