Connect with us
Kapilvast Forest

बुटवलमा दीपावली महोत्सव हुने

२०८०, २४ कार्तिक शुक्रबारमा प्रकाशित

बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको बिहीबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिहरू समेत गठन गरिएको सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराउनु भयो ।

दीपावली महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रूपमा रहने छन् । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने उक्त समितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्यहरू, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरू सदस्य तथा सदस्य सचिवको रूपमा महासचिव मुक्ति अधिकारी रहनुहुने छ ।

दीपावली महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

फुड फेस्टिभल सहितको दीपावली महोत्सव सम्पन्न गर्नका लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फुड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष वसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतीक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनाकुमारी खनाल संयोजक रहेको सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यमा कार्यसमिति सदस्यहरू रहनु भएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घले पहिलोपटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाइन) र नेपालगन्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu