कपिलवस्तुका विद्यार्थीद्धारा च्याउ खेती सन्चालन
न्युज सेन्टर नेपाल,
कपिलवस्तु- कपिलवस्तुका विद्यार्थीहरुले मौसमी व्यावसायिक च्याउ खेती सन्चालन गरेका छन । जिल्लाको शिवराज नगरपालिका वडा ७ जवाभारीका विद्यार्थीहरुले माइकोकल्चर प्राली नामक संस्था खोले् च्याउ उत्पादन विक्री वितरण कसरी गर्न सकिन्छ भने र सिकाइका लागि अघी सरेको संस्थापक तथा परियोजनाको प्रबन्धक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो ।
आफ्नै देशमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र वैदेशिक रोजगारी घटाउने, शिक्षा, विज्ञान, प्रविधि, इन्जिनियरिङलाई बढावा दिन विद्यार्थीहरु मौसमी व्यावसायिक च्याउ खेती सन्चालन गरेको चौधरीले बताउनुभयो ।
ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौंबाट स्नातक गरीरहेका रुद्रपुरका चौधरीले चाड पर्वको समयलाई सदुपयोग गर्न माइकोकल्चर प्राली नामक संस्था खोलेर च्याउ फर्म सन्चालन गरेका हुन ।
च्याउ फर्म सन्चालन गरेपछी वडा किशोरहरु खेती किसानी तर्फ अर्कषक भएको शिवराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।

