Connect with us
Kapilvast Forest

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका ६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा छन्। दुर्घटना बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका ६ जलवीरेमा भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu