Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा कुनैपनि बेला चुनाव हुनसक्छ, तयार रहनुस् : गगन थापा

२०८०, ८ मंसिर शुक्रबारमा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्घाखाँचीमा जुनसुकै बेला पनि चुनाव हुनसक्ने भएकाले तयारीमा रहन जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘२०८४ साल अगाडी कुनैपनि बेला संसदीय निर्वाचन हुन सक्दछ, महामन्त्री थापाले अर्घाखाँचीको जिल्ला सम्मेलनमा शुक्रबार भने,‘त्यो संसदीय निर्वाचन पनि हुनसक्दछ भन्ने ख्याल गरेर त्यो अनुरुप पनि पार्टीका गतिवधि अघि बढाउन अनुरोध गर्दछु ।’ अर्घाखाँचीमा गत वर्ष संघीय निर्वाचनमा जितेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणबाट पुर्पक्षका लागि थुनामा छन् । रायमाझीसँग कांग्रेस नेत्री पुष्पा भुसाल पराजित भएकी थिइन् ।

मूलुक अप्ठ्यारो रहेपनि सबै भत्किएको अवस्था नभएको थापाले बताए । निराशाका विचमा पनि केही सकरात्मक कार्य भएको तर त्यतिले मात्रै सन्तुष्टि नागरिक नहुने उनले बताए । पर्यटक यो वर्ष सबैभन्दा बढी नेपाल भित्रिएको, भारतलाई विजुली निर्यात, बंगलादेशलाई विजुली बेच्ने सम्झौतालाई सकारात्मक पाटोबाट हेर्नुपर्ने उनले बताए ।

नागरिकमा निराशा र आक्रोश रहेको सुनाउँदै उनले त्यसलाई चिर्न कांग्रेसले मात्रै सक्ने दाबी गरे । अर्घाखाँचीको जिल्ला सम्मेलनमा शुक्रबार बोल्ने क्रममा महामन्त्री थापाले मञ्चमा नबसेकाले नै पार्टी बचाएको बताए । ‘मञ्चमा बस्नेले जोगाएको पार्टी कांग्रेस होइन । मञ्चमा बस्नेले विरागेका छौं । भत्काएका छौं,’महामन्त्री थापाले भने ।

प्रदेशले पाउने अधिकार केन्द्रले नै राखेकाले संघीयतामा प्रश्न उठेको उनले बताए । मन्त्रालय संघमा घटाएर प्रदेशमा बढाउनुपर्ने थापाको तर्क छ । व्यवस्थाका विरुद्धमा भ्रम छर्न लागिएकाले त्यसलाई कांग्रेसले मात्रै चिर्नसक्ने उनले थापाले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu