Connect with us
Kapilvast Forest

ज्ञानेन्द्रलाई गगन थापाको आग्रह : च्याँखे थापेर बस्ने होइन, पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

२०८०, ९ मंसिर शनिबारमा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।

शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’ उनले भने, ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरेका हुन् । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।

कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको थापाले बताए । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन जरुरी नभएको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu