Connect with us
Kapilvast Forest

पदका लागि कुर्मीको तेस्रो पटक उम्मेदवारी

२०८०, १० मंसिर आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
पद पाएपछि छोड्नै नमान्ने नाम हो गयादिन कुर्मी (दिपु) ।
विगत ९ बर्ष देखि तौलिहवा उद्योग बाणिज्य सघंका अध्यक्ष पदमा रहेका कुर्मीको कामै नगरी कार्यकाल सकिएको छ ।

यहि कार्तिक १३ गते हुन गइरहेको छैठों तौलिहवा उद्योग बाणिज्य सघंको अधिबेशनमा अध्यक्ष पदको लागि ३ जना चुनावी मैदानमा उत्रीएका छन । अर्जुन चापागाईं, धिरज कुमार गुप्ता (सन्जय) सगै गयादिन कुर्मी (दिपु) पनि अध्यक्ष पदका उम्मेदवार बनेका छन ।
दिपुले आफ्नो कार्यकालमा सघंको कुनै काम नै नगरी अध्यक्ष पद खादै आएको स्थानीय ब्यापारीले आरोप लगाएका छन ।

उद्योग बाणिज्य सघंले तौलिहवामा सन्चालन गरेको प्राचिन कपिलवस्तु महोत्सवको हिसाबकिताब समेत अझैसम्म सार्वजनिक गरेका छैनन् ।
सघंका सदस्यहरुले पटक पटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दा पनि कुर्मीले नसुने झै गरेको ब्यापारीले गुनासो गरे ।
अध्यक्ष कुर्मीले बठ्याई गरेर गत अर्थिक बर्षमा भएको प्राचीन महोत्सवमा २७ लाख आम्दानी देखाई २७ लाख नै खर्च देखाएर रकम हिनामिना गरेको हुन सक्ने एक ब्यापारीले नाम नबताउने सर्तमा बताए । जिल्लाको अरु स्थानमा सन्चालन भएका महोत्सवमा २०/ देखि ३० लाखसम्म फाइदा हुने गरेपनी प्राचीन कपिलवस्तु महोत्सव सधैं घाटा देखाइने भएको छ ।

कुर्मीले सघंको साधारणसभामा आर्थिक प्रतिबेदन र महोत्सवको आयब्यय समेत सार्वजनिक गरेन्न ।

कुर्मीले सघंको अध्यक्ष पदमा जित्नका लागि आफू अनुकुल सदस्यता वितरण गरेको आरोप लागेको छ ।

उद्योग बाणिज्य महासघंका पुर्व केन्द्रिय उपाध्यक्ष किशोर प्रधानले समेत सामाजिक सन्जालमै गयादिन कुर्मीलाई पद छोडेर अर्कोलाई हस्तान्तरण गर्न सुझाव दिएका छन । कुर्मीको प्रचार समाग्रीमा टिप्पणी गर्दै प्रधान लेख्छन “एउटै ब्यक्ती धेरै पटक अध्यक्ष पदमा दोहरिदा संस्था कोल्यापस हुन्छ, दुई कार्यकाल अध्यक्ष बसेपछि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । ”

यता तौलिहवा उद्योग बाणिज्य सघंको तेस्रो कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार समेत रहेका गयादिन कुर्मी (दिपु) ले आफु माथी लगाइएको आरोप अर्थहीन रहेको बताउनु भयो ।
कुर्मीले भन्नू भयो “मैले आफ्नो कार्यकालमा सघंको हितको लागि सदैव काम गरेको छु । म माथी लगाइएको आरोप गलत हो ।
कुर्मीले आफू अनुकुल सदस्यता वितरण नगरेकाले ब्यापारी, ब्यावसायीलाई नियमानुसार सदस्यता दिएको बताउनु भयो ।
प्राचीन महोत्सवको हिसाबकिताब सघंको बन्द सत्रमा सार्वजनिक गरेको कुर्मीले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu