Connect with us
Kapilvast Forest

शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी, होला त कारवाही ?

२०८०, ११ मंसिर सोमबारमा प्रकाशित

प्रहलाद यादव-
लुम्बिनी रुपन्देहीको मर्चवारी गाउँपालिका स्थित अमवा माध्यमिक विद्यालयमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । कार्तिक २१ र २३ गते परेको उजुरी सम्बन्धमा छानबिनको प्रकृया अघि बढाइएकोे अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय बुटवलका सुचना अधिकारीले बताएका छन् । संघीय शिक्षण इकाइ अनुदान र गाउँपालिका अनुदानमा प्राबि शिक्षक १, निमा शिक्षक ३ र पुस्तकालय सहायक १ पदका लागि छनौट प्रकृयामा धाँधली भएको भन्दै उजुरी परेको हो ।

परिक्षा भइरहदा गाउँपालिका शिक्षा शाखालाइ रोहबारमा समेत राखिएको छैन । परिक्षाका बखत त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वा अन्य कोही कर्मचारी प्रतिनिधि पनि मौजूद थिएनन् । शिक्षक–कर्मचारी भर्नाका लागि बिद्यालयले शिक्षा शाखा सित समन्वय गर्नैपर्ने हुन्छ, भने शिक्षा शाखाले जिल्ला शिक्षा बिकास समन्यव इकाइलाइ अनुरोध गर्नुपर्नेमा त्यसो गरिएको छैन । एकतिर बि.ब्य.स.ले नामै किटान गरि कोटहीमाइको शिक्षा अधिकृत माग गरेर परिक्षाको नियम मिचेको छ भने अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा गापा अध्यक्षले सहीछाप गरी कोटहीमाइलाइ पठाएको पत्रले मर्यादा मिचेको छ । ‘यो विषय निकै पेचिलो बन्दै गएको छ ।

अख्तियारमा उजुरीपछि उक्त बिषयलाई साम्यपार्न अनेकन प्रपंच रचिंदै छ –उजुरीकर्ताले भने, –बि.ब्य.स.ले गरेका बिभिन्न निर्णयका समयमा हाजिर नरहेका वडाध्यक्ष समेतले किर्ते सही मिलाउन लागिपरेका छन् ।’ गाउँपालिकाबाट २८ किलो मीटर टाढा भैरहवा स्थित लीलाराम मा.बि.मा परिक्षार्थी बोलाएर नियम बिपरीत गरिएको परिक्षा बदर गरि पुनः परीक्षा गराउनुपर्ने भन्दै अख्तियारमा उजुरी गरेको भएपनि त्यसको कुनै सुनुवाइ नभएको उजुरीकर्ताको गुनासो छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतले अख्तियार रिझाउन दौडधूप थालिसकेको भन्दै कारवाही हुनेमा उनी सशंकित छन् । स्टिंग आपरेशन बाहेक अन्य अनियमितताका संदर्भमा अख्तियार सुस्त देखिने गरेको उनको गुनासो छ ।

‘परिक्षा बिधि र प्रकृया अनुसार चल्नुपर्ने हो, तर त्यसो भएको छैन –शिक्षा शाखा प्रमुख मनमोहन यादवले भने, –परिक्षा संचालनका लागि बिद्यालयले नामै किटान गरेर अन्य पालिकाको शिक्षा अधिकृत माग गर्नु आफैमा नियम बिपरीत र शंकास्पद कार्य हो ।’ मर्चवारी गाउँ पालिकामा शिक्षा अधिकृत नभएकोले कोटहीमाइ गापाको शिक्षा अधिकृत अमृता बुढाथोकीलाइ त्यस गाउँपालिका मार्फत माग गरिदिन अनुरोध गरेको अमवा मा.बि.ले प्रमुख प्रशासकीय अधिकृतलाइ सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

परिक्षा संचालनका लागि नियमावली बिपरीत नामै किटान गरि बोलाइएको शिक्षा अधिकृत बुढाथोकी र बि।ब्यवस्थापन समितिको मिलोमतो देखिएको स्वीकार्दै शिक्षा शाखा प्रमुख यादवले भने, ‘शिक्षा शाखाको रोहबरमा नभएको परिक्षाको कुनै अर्थ रहदैन ।’ विद्यालयका प्रधानाध्यापक राजाराम कोहारले असोज २४ गतेसम्म निबेदन दिने समयसीमा तोकेकोमा कार्तिक २० गते परीक्षा सम्पन्न गरि न्युक्त शिक्षक–कर्मचारीले नियमित कामकाज गरिरहेका बताए । छनौट प्रक्रियामा बसेका कोटहीमाइ गाउँपालिकाका शिक्षा अधिकृत अमृता बुढाथोकीलाई सम्पर्क गर्दा सफल हुन सकेन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu