विधान संशोधन नगरी चन्द्रौटा उ.वाणिज्य संघमा ७ उपाध्यक्ष
सनिउल्ला धोबी–
कपिलवस्तुको व्यपारीहरुको हकहितका लागि खुलेको चन्द्रौटा उद्योग वाणिज्य सघं पछिल्लो समय पद वाडफाड कार्यमा मस्त रहेको छ । २०७९ भाद्र ५ गते भएको चन्दौटा उद्योग वाणिज्य संघको साधारण सभा तथा चौथो अधिवेशनले विधान संशोधनको प्रताव सहित अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनबाट अध्यक्ष पदमा सार्वसम्मत रुपले ईश्वर प्रसाद पाण्डेय निर्वाचित भएका थिए ।
विधान संशोधन गरी अधिवेशन गर्नु पर्नेमा विधान संशोधनको प्रस्ताव मात्र पारित गरी अधिवेशन गरिएको थियो । वर्तमान कार्य समितिले संघको विधान समेत संशोधन नगरी ७ जना उपाध्यक्ष मनोनयन गरेको छ । अहिले सम्मको सबैभन्दा बढी उपाध्यक्ष चयन गर्ने कार्य समिति बनेको छ ।
अधिवेशन सम्पन्न भएको १ बर्ष ४ महिना वित्नै लाग्दाँ समेत संघको साधारण सभा समेत हुन सकेको छैन । अहिले सम्म विधान संशोधन गर्न नसकेको बाणिज्य उपाध्यक्ष दमन भाटले स्वीकार गर्नुभयो । संघ अहिले महोत्सव लगाउने तयारीमा जुटेकाले मेला महोत्सव पछी विधान संशोधन गर्ने भाटले जानकारी दिनुभयो ।
सघंको विधान जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिवाबाट संशान गर्नु पर्ने प्रवधान रहेको छ । यस भन्दा पहिलेको कार्यसमितिमा १३ जना रहने प्रवाधान रहेपनी अहिलको कार्यसमिति २५ बनाइएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा पारसमणी पाण्डे, वाणिज्य उपाध्यक्षमा दमन भाट र उद्योग उपाध्क्षमा मकबुल खानलाई चयन गरीएको थियो । २०७९ भाद्र ९ गते पदभार तथा सपथ ग्रहण कार्यक्रममा विष्णु गुप्ता, विजय जयसवाल र सरोज पौडेललाई उपाध्यक्ष पदमा मनोनित गरिएको थियो ।
त्यसको झण्डै १ बर्ष ४ महिना पछी फेरी चित्र बहादुर केसी (शंकर) लाई उपाध्यक्ष पदमा मनोनित गरिएको छ । मंसीर २३ गते शनिवार केसीलाई उपाध्यक्ष पदमा मनोनित गरिएको हो ।
शिवराज नगरपालिकाका मेयर अजय थापाको दबाबमा केसीलाई उपाध्यक्ष पदमा मनोनित गरिएको व्यपारीहरुले बताएका छन । चित्र बहादुर केसी (शंकर) राप्रपा शिवराज नगर समितिका अध्यक्ष हुन ।
चन्द्रौटा उद्योग बाािण्ज्य संघ राजनिति भागबण्डाको आधारमा चलेको स्थानियले आरोप लगाएको छन ।
राप्रपाका नेतालाई उपाध्यक्षमा मनोनित गरेपछी यस क्षेत्रमा सक्रिय जनता समाजजादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ती पार्टी, लोक्तान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका कार्यकर्ताहरुले आफु निकटका व्याक्तीहरुलाई उपाध्यक्ष पदमा मनोनित गर्नु पर्ने माग राखेका छन ।
अधिवेशन सम्पन्न भएको १ बर्ष ४ महिना वित्नै लाग्दा संघको साधारण सभा समेत हुन सकेको छैन । समयमा साधारणसभा नहुदा मनोनित गरिएको उपाध्यक्षहरु, सहसचिव र सदस्यहरुको पद स्वत रद्द हुनेछ ।