Connect with us
Kapilvast Forest

गौतमबुद्ध विमानस्थल निर्माणमा तीव्रता

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गर्नुभएको छ ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभित्र संचालनमा आउने गरी काम भइरहेको दाबी गर्नुभयो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड जोड दिइरहेको बताउनुभयो । मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको भट्टराईको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu