Connect with us
Kapilvast Forest

सितगंगाबाट पर्यटन प्रवर्द्धन अभियान सुरु

२०८०, २९ मंसिर शुक्रबारमा प्रकाशित

नेपाल स्वयंसेवक संघ केन्द्रकाे पर्यटन प्रवर्द्धनमा देशकै ठुलाे नगरपालिका शितगंगाबाट नगरप्रमुखबाट स्वागत गर्दै बिधिवतरुपमा प्रारम्भ भएको छ। अब यो अभियान देशका ७५३ पालिकामा क्रमशः हुने केन्द्रीय अध्यक्ष खेमराज पौडेलले जानकारी दिनुभएको छ ।
यस कार्यक्रममा कपिलवस्तु जिल्लाबाट पुर्व पर्यटन ग्रामीण तथा सहरी बिकासमन्त्री र संघको आर्थिक ब्यवस्थापन प्रमुख रिना नेपाल, बाणगंगा उपप्रमुख र संघको नगर प्रमुख सल्लाहकार रिता चाैधरी, शिवराज उपप्रमुख र संघको नगर प्रमुख सल्लाहकार शिवकुमारी चाैधरी, बुद्धभुमि उपप्रमुख र संघको नगर प्रमुख सल्लाहकार मिना थारू, नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल ,नेपाल स्वयंसेवक संघका केन्द्रीय सचिव गाेपाल बन्जाडे, संघको युवा संघ केन्द्रीय बाेर्ड सदस्य तथा लुम्बिनी प्रदेश इंचार्ज तिलक गिरी, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धनमा लुम्बिनी बिकास काेष, नेपाल पर्यटन बाेर्ड , लुम्बिनी प्रदेश सरकार यातायात पर्यटनतथा शहरी बिकास मन्त्रालय रहेको छ ।
कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेल, प्रमुख प्रसाशकिय अधिकृत अर्जुन शर्माले स्वागत गर्नुका साथै अन्तरक्रिया समेत सम्पन्न भएको छ । नगर प्रमुख पौडेलले शितगंगा नेपालकै सबैभन्दा ठूलो नगरपालिका रहेको र नगरभित्र पर्यटकीय सम्भावना बाेकेका ठाउँ प्रशस्त रहेकाे जानकारी दिदै लुम्बिनी , स्वर्गद्दारी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई शितगंगामा राख्न सक्ने हाे भने सबैलाई फाईदा पुग्ने बताउनुभयो । सुपा देउराली मन्दिर , ठाडाकाे डमरु दह , सुर्य ओडार , ह्वाइट बाल झाक्री देवता लामातालमा रहेको धेरै ठुलो र पुरानो बरकाे रुख लगायत धेरै ठाउँ रहेको जानकारी दिनुभयो । अन्तरक्रिया पछि नगर प्रमुखको नेतृत्वमा ठाडामा रहेको डमरु तालको अवलोकन गराउनुभयाे।
यस पश्चात् सुपा देऊराली मन्दिर ब्यवस्थापन समितिले स्वागत साथै छलफल सन्धिखर्क नगरपालिका वडा नं. ६ र ७ का वडाध्यक्ष संग सुपा देउराली नरपानी रिसोर्टमा बिशेष छलफल भएको छ।
अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका अन्तरगत ६ र ७ का वडाध्यक्ष , सुपादेउराली मन्दिर ब्यवस्थापन समिति साथै संघका जिल्ला अध्यक्ष ऋषि भट्टराईकाे समन्वयमा कार्यक्रम सफल भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu