Connect with us
Kapilvast Forest

प्रजिअ आचार्यलाई मेयर्स क्लवले गर्यो बिदाई

२०८०, ३ पुष मंगलवारमा प्रकाशित

१० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लाग्नु भएका कपिलवस्तुका प्रजिअ शंकरहरि आचार्यलाई फेरी भेटौला कार्यक्रम अन्र्गत कपिलवस्तु मयर्स क्वले बिदाई गरेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थित मेयर कक्षमा आयोजित कार्यक्रममा आचार्यलाई बिदाई गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, क्वलका अध्यक्ष तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, सुद्धोदन गाउपालिका मेयर कमलेशरण चौधरी सहीतको टोलीले प्रअिज आचार्यलाई बिदाई गरेका हुन । आचार्यलाई उनीहरुले खादा र टीका लगाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

सो अवसरमा प्रजिअ आचार्यले आफुले प्रशासन कार्यालयको राहदानी, नागरिकता लगायतको सेवा प्रभाव सजिलो हुने गरी काम अघि बाढएको बताए । नागरिकहरुको सेवा सुबिधा लगायतका कुरामा आफुले सक्दो काम गरको बताए । ‘ मैले कस्तो काम गेर त्यसको मुल्यांकन नागरिकहरुले गर्ने छन ’ उनले भने । उनले जिल्लामा बस्दा आफुले सबै पक्षबाट राम्रो सहयोग पाएको बताए । उनले आगामी दिनमा समेत कपिलवस्तुको विकासकालागि आफनो साथ रहेने उनले बताए ।

सो अवसरमा सवन्वय प्रमुख आचार्यले सिडिओ सापले जिल्लाको शान्ति सुरक्षा र सेवा प्रभावकालागि धेरै राम्रो काम गरको भन्दै प्रशंसा गर्नु भयो । प्रजिअ आचार्यको का कार्यकालमा त्यस्तो कुनै अशान्ति र बिवा झै झगडा समेत नभएको बताए । आगामी दिनमा सचिवमा बढुवाको कामना गर्दै प्रमुख आचार्यले आगामी दिनमा समेत कपिलवस्तुका विकासमा हातेमालो गर्न अपील समेत गरे । सो अवसरमा मयर्स क्वलका अध्यक्ष श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रभाव र पालिकाहरुको समन्वयमा प्रजिअ आचार्यले राम्रो काम गरी जिल्लाबासीको मन जितेको बताए । आगामी दिनमा प्रअिज आचार्यको थप प्रगतिको कामना समेत उनले गरे ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरी लगायतले शुभकामन मन्तब्य दिएका थिए । कार्यक्रम मै प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, वडा नम्बर २ का अध्यक्ष जाहिद खा, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, नगरपाकिला शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली लगायतले समेत खादा र टिका लागएर बिदाई गरेका थिए । कपिलवस्तुमा भने नवलपरासीबाट बिश्व प्रकाश अर्याल प्रजिअका रुपमा आउने भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu