शिवराज साझेदारीको चौथो साधारण सभा सम्पन्न
कपिलवस्तु-
कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समुहको चौथो साधारण सभा सम्पन्न भएको छ । शिवराज साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद पोखरेलले वनलाई व्यवस्थापन गरी नयाँ योजना अनुसार अघी बढेको बताउनुभयो । वनसँग सबैले हातेमालो गरी अघी बढे मात्र बनलाई हराभरा बनाउन सकीने जानकारी दिनुभयो ।
शिवराज साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद पोखरेलको अध्यक्षतामा भवय रुपमा साधारण सभा सम्पन्न भएको वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो ।
साधारणसभा कार्यक्रममा आगामी योजना निर्माणका साथै वनको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको वन अधिकृत गुप्ताले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दे गोतम बुद्ध डिभिजन वन कार्यालयका प्रमुख वेसिन्द्र राज सुवेदीले वनलाई नागरिक र उत्पादनसगँ जोड्नु पर्ने बताउनुभयो ।
वन क्षेत्रमा अतिक्रमण हटाई वन क्षेत्रलाई हराभरा बनाउनु पर्नेमा सुवेदीले जोड दिनुभयो । साधारण सभा कार्यक्रममा साझेदारी वन उपभोक्ता समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
