सम्पती सहित श्रीमती सम्पर्क बिहिन
न्युज सेन्टर नेपाल–
कपिलवस्तु शिवराज नगरपालिका ५ निवासी इन्द्र कुमार सुनारको बर्ष ३५ कि श्रीमती लाली सुनार विगत ७ महिना देखि सम्पर्क विहिन भएकि छन । श्रीमान इन्द्र वैदेशिक रोजगारको सिलसिलामा दुबाईमा रहेको समयमा लाली सम्पर्क बिहिन भएकी हुन ।
लालीले छरछिमेकबाट काम छ भनी ४० लाख रकम उठाई सम्पर्क बिहिन भएकी हुन । श्रीमान इन्द्रले कमाएर किनेको १० कट्ठा जग्गा समेत बेचेर गएको श्रीमान इन्द्र कुमार सुनारले जानकारी दिनु भयो ।
श्रीमतीले लगेको पैसा माग्नेहरु इन्द्रलाई घेर्ने गरेका छन । इन्द्रले लालीले लिएको रकमको बारेमा केही जानकारी नभएको बताए । श्रीमती खोजीकार्यका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा निबेदन समेत दिएको इन्द्रले बताउनु भयो ।
श्रीमती लालीलाई सम्पर्कमा आउन उनले अनुरोध समेत गरेका छन । लालीलाई कसैले देखे 9704791596, 9864268583 मा सम्पर्क गर्न अनुरोध गरेका छ्न ।