Connect with us
Kapilvast Forest

पक्राउ पुर्जीबारे विप्लव : सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने ?

२०८०, ११ पुष बुधबारमा प्रकाशित

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापिएको थियो । विप्लवले त्यसबारे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu